बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै, ४ जना नयाँ बिरामी फेला

बैतडी- बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै गएको छ। चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा जिल्लामा ४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

६ महिनामा गरिएको  परीक्षणमा ४ जना नयाँ बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीका ल्याबटेक्निसियन जयसिंह बडालले बताए।

Seti Hospital

दशरथचन्द नगरपालिका र  पुर्चौडी नगरपालिकाका १÷१ जना र शिवनाथ गाउँपालिकाका २ जनामा कुष्ठरोग फेला परेको हो। गत वर्ष जिल्लामा कुष्ठरोगका ३ जना नयाँ बिरामी फेला परेका थिए।  यो  वर्ष ४ जना नयाँ बिरामी फेला परेका छन्। बैतडीमा कुष्ठरोग निवारणको चरणमा रहेको स्वास्थ्य कार्यालयले जनाएपनि तथ्याङ्क हेर्दा बढ्दै गएको देखिएको छ।

बिरामी पत्ता लगाउनका लागि स्वास्थ्य कार्यालयले शिविर सञ्चालन गरेर  कन्ट्याक्ट ट्रेसिङ गर्ने लगायतका कार्यक्रम गर्दै आएको ल्याबटेक्निसियन बडालले बताए। यस्तै कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणका कारण अझै धेरै बिरामी खुलेर बाहिर आउन नसकेका पनि उनले बताए।  माइक्रोबेक्टिरियम लेप्रे नामक सुक्ष्म कीटाणुबाट कुष्ठरोग लाग्ने गर्दछ।

यसले छाला र स्नायुमा असर गर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्। उपचार गरेमा कुष्ठरोग पूर्ण रुपमा निको हुने भएपनि विभिन्न कारणले कुष्ठरोगीहरु खुल्न नसकेका ल्याबटेक्निसियन बडालले बताए। सरकारले सन् २०३० भित्र कुष्ठरोगीको संख्या शून्यमा झार्ने लक्ष्य राखेको छ। तर समाजका मान्छे पुरातन सोचमै सिमित रहेर उपचारको दायरामा नआइदिदा लक्ष्य प्राप्तीमा समस्या हुने देखिएको   छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार