घरझगडाबाट आजित भएर दाङ सरुवा भइन्, प्रहरी श्रीमान्‌ले त्यहीं गएर गाेली हाने

सुरज चन्द

दाङ : झै-झगडा गरेर सताउन थालेपछि सम्बन्धविच्छेद गर्न खोज्दा प्रहरी जवान धनमाया थापालाई पति प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर हत्या गरेको खुलेको छ।

दाङको घोराहीस्थित व्यस्त नयाँ सडकको दामोदर चोकमा प्रहरी बिट छ। जहाँ चौबीसै घण्टा प्रहरी ड्यूटीमा खटिन्छन्।

Dengue

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नजिकै रहेको बिटमा फागुन ३ गते साँझ प्रहरी जवान २६ वर्षीया धनमाया थापा ड्यूटीमा खटिएकी थिइन्। उनीसँगै दुई सहकर्मी पनि ड्यूटीमा थिए।

वडा प्रहरी कार्यालयका प्रमुख रामप्रसाद पाण्डेका अनुसार थापाको ड्यूटी साँझ ६ देखि राति १० बजेसम्म थियो। राति साढे ८ बजे मोटरसाइकलमा आएका उनका पति यमबहादुर झाँक्रीले गोली प्रहार गरे।

तीन गोली लागेकी थापा बिटमै ढलिन्। झाँक्री भने मोटरसाइकलमा भागे। झाँक्री प्रहरी सहायक हवल्दार हुन्। ड्यूटीमा रहेका अन्य प्रहरीले थापालाई तत्कालै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए। अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरे।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार पेस्तोलबाट तीन राउन्ड गोली प्रहार भएको थियो। दुई वटा गोली कोखामा र एउटा गोली छातीमा लागेको मल्लले बताए।

वडा प्रहरी कार्यालय प्रमुख पाण्डेका अनुसार प्रहरी जवान थापा एक साताअघि मात्रै नेपालगन्जबाट सरुवा भएर दाङ आएकी थिइन्। कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा प्रहरी उपरीक्षकका बडिगार्ड झाँक्री नेपालगन्जमा कार्यरत थिए।

प्यूठानको नौबहिनी गाउँपालिका-४, खवाङ स्थायी घर भएका झाँक्रीले प्रहरी जवान थापासँग दोस्रो विवाह गरेका थिए। जेठी श्रीमतीबाट एक सन्तान छन्। थापाबाट पाँच वर्षीया छोरी छन्।

श्रीमान्‌ले झै-झगडा गरेर सताउन थालेपछि थापा नेपालगन्जबाट सरुवा भएर दाङ आएकी थिइन्। सरुवा हुनुअघि नै गत माघ १५ गते सम्बन्धविच्छेदका लागि जिल्ला अदालत, दाङमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका एसपी मल्लले बताए। उनको निवेदनमाथि फागुन १० मा पेशी तोकिएको छ। त्यही विषयलाई लिएर घटना भएको हुन सक्ने एसपी मल्लको अनुमान छ।

गोली प्रहार गरेर भागेका सहायक हवल्दार झाँक्रीलाई लमही नगरपालिका-६, अर्जुन खोलाबाट फागुन ३ गते राति नै पक्राउ गरिएको छ। उनलाई ९ एमएम पेस्तोल सहित पक्राउ गरिएको मल्लले बताए। “हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ,” उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार