नेपाल फर्किए दीपेन्द्र, नेदरल्यान्ड्ससँग भोलिको खेल खेल्ने

धनगढी : नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी-२० मा सहभागी भएर स्वदेश फर्किएका छन् । दीपेन्द्र शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् ।

उनी सम्मिलित गल्फ जायन्ट्स दोस्रो क्वालिफायरबाट बाहिरिएपछि दीपेन्द्र टोलीमा फर्किएका हुन् । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेल्ने मौका पाएनन् । उनी तीनै खेलमा बेञ्चमा बसेर फर्किएका हुन् ।

Dengue

आईसीसी विश्वकप लिग–२ मा नामिवियाविरुद्ध खेल भने दीपेन्द्रले गुमाएका थिए । क्यानडासँगको सिरिजमा भने दीपेन्द्रलाई विश्राम दिएको हुँदा टोलीमा राखेको थिएन ।

शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । दीपेन्द्र नेपालको अन्तिम १५ मा टोलीमा छ्न ।त्यसैले उनी आज नै टोलीसँग जोडिनेछन् । नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रले खेल्ने पक्कापक्की छ ।

दीपेन्द्रले खेल्दा पवन सर्राफ प्लेइङ ११ बाट बाहिर हुने देखिन्छ । दीपेन्द्र नेपालको टोलीबाट फिनिसरको रुपमा खेल्नुको साथै प्रमुख अफ स्पिनरको रुपमा मैदान उत्रनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार