मन्त्री ज्वालाका कारण बालकुमारी घटना घटेको जाँचबुझ आयोगको निश्कर्ष

धनगढी : दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटना छानविनका लागि गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

आज (शुक्रबार) आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । उच्च अदालतका पूर्व न्यायायधीश शेखर पौडेल नेतृत्वको उक्त जाँचबुझ आयोगले घटनाको मुख्य कारकको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई औंल्याएको छ । मन्त्री ज्वालाकै असंयमताले यति ठूलो घटना घट्न पुगेको जाँचबुझ आयोगको निश्कर्ष छ ।

Dengue

ईपीएस कोरिया भाषा परीक्षा विवादका क्रममा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनरत प्रदर्शनकारीहरुको समूह भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सोहीबाट आएपछि झनै आक्रमक बनेको थियो । उनीहरुले मन्त्री ज्वालाको गाडीसमेत जलाएका थिए । उक्त घटनालाई लिएर मन्त्री ज्वालाको व्यापक आलोचना समेत भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार