चितवनबाट काठमाडौं आउँदै मिटरब्याज पीडितको न्यायमार्च [तस्विरसहित]

चितवन : न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेका छन्।

शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन्। त्यहाँबाट उनीहरूको ठूलो समूह पैदल हिडेर काठमाडौंतर्फ आइरहेको छ।

आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाई नगरेको भन्दै उनीहरुले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर देशव्यापी मिटरब्याज पीडितहरुलाई संगठित गरेर न्याय मार्च गरिरहेका छन्।

यसअघि सरकारले छानविन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थालेपनि त्यसबाट आफूहरुलाई पूर्ण न्याय नमिलेको उनीहरुको गुनासो छ।सरकारले भने आयोगले समस्या समाधान गरेको भन्दै आयोगको प्रतिवेदन भने दराजमा थन्काएर राखेको छ। सो आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरुको समस्या भने ज्यूँकात्यूँ छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार