बझाङमा जीप दुर्घटना हुदाँ सुस्मिताको ज्यान गयो

बझाङ : जिल्लाको तल्कोट गाउँपालिकाको साइलाबगडमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु् भएको छ । दुई जना घाइते भएका छन्। जिल्लाको तलकोट गाउँपालिका-१ की १९ वर्षीया सुस्मिता कठायतको मृत्यु भएको हो। उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको र चिकित्सक मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर तल्कोट-३ का चालक २३ वर्षीय राजेश कडाल र मष्टा ५ का सहचालक १७ वर्षीय कमल कठायतको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

Dengue

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहीबार साँझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार