स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा: लाभासं पारित संगै एफपीओ जारी गर्ने प्रस्ताव

धनगढी : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई साधारण सभा आवहान गरेको छ। लघुवित्तले सभामा लाभासं पारित गर्ने तथा थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन प्रस्ताव पारित गर्न प्रस्ताव अगाडी सारेको छ। 

लघुवित्तले फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा बिहान  ११:३० बजे पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। 

Seti Hospital

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै ,सभाले सर्वसाधारणले एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने भएको हो। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन १३ गते बुकक्लोज तय गरेको छ । यस अनुसार फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तले घोषणा गरेको लाभासं तथा  साधारण सभामा सहभागि हुन् पाउनेछन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार