कपिलवस्तु बस दुर्घटना : मृतक सबैको सनाखत (अपडेट)

कञ्चनपुर : कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।

Dengue

त्यस्तै भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका-२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका-९ बिसफाँटा बस्ने बिमला देवी भट्टको पहिचान खुलेको छ ।

राति १ बजे महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल पठाइएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार