एमाले धादिङ अधिवेशनःविद्युतीय भोटिङ मेसिन प्रयोग गरि मतदान सुरु

धनगढी : नेकपा एमाले धादिङको नवौँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ।

धादिङबेँसीमा केही बेरअघि सुरु मतदान सुरु भएको हो। बुधबार नै हुने भनिएको मतदान केही त्रुटिका कारण नभ्याइएको जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए।

Dengue

एमाले धादिङ जिल्ला कार्यसमितका ११२ पदका लागि १८४ जनाको उम्मेदवारी परेको छ।पदाधिकारी अन्तर्गत अध्यक्ष पदमा अधिवक्ता भूमि त्रिपाठी र डाक्टर रामकुमार अधिकारीको उम्मेदवारी परेको छ।

दुवै उम्मेदवार ओली निकटका हुन्। यस्तै, उपाध्यक्षमा रामकुमार आचार्य र अर्जुन श्रेष्ठ गोर्खाली, सचिवमा राधिका सापकोटा र हरिराम लोहनीको उम्मेदवारी परेको छ।

यसैगरी उपसचिव खुलामा भक्तबहादुर लामिछाने र काजी श्रेष्ठ, उपसचिव महिलामा उर्मिला रेग्मी र खुपीकुमारी तामाङको उम्मेदवारी परेको छ।

पदाधिकारीमा सहमती जुट्न नसकेपनि अहिले सम्म विभिन्न क्षेत्रबाट गरी सदस्यहरुमा ५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

अधिवेशनमा ५७८ जना मतदाता छन्। मतदानका लागि १५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार