आजदेखि मौसममा सुधार (कुन प्रदेशको मौसम कस्तो)

धनगढी : पश्चिमी वायुको प्रभावले हिजो देशभर आंशिकदेखि सामान्य बदली रहेपनि आजदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।

बुधबार साँझदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले गएरातिदेखि मौसममा सुधार हुँदै आएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

Dengue

हिजो सङ्घीय राजधानी काठमाडौँलगायत देशका अधिकांश भागमा मौसम बदली रहेको र मधेश प्रदेशका एक-दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको थियो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको र देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आज आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । उता कोशी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार