चितवन पुगेर रबि लक्षित गगनको अभिव्यक्ती– गलत गर्नेले सजाय पाउँछ, कुनै दलको सभापति होस् या उच्च ओहोदाको

धनगढी : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आमकार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगरकमिटीले आज चितवनमा आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी भनेकै घर भएको उल्लेख गरे । 

महामन्त्री थापाले भने, ‘पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो ।’ पार्टीभित्र गुटको पछि नलागी आममतदाता र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । 

Dengue

पार्टी सञ्चालन गर्ने नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने महामन्त्री थापाले बताए । अहिले जनताले देशमा कांग्रेसबाट भ्रष्टाचार मुक्त, सुशासन र कानुनी राज्यको आशा गरेको उल्लेख गर्दै उनले कानुनभन्दा बाहिर गएर काम गर्नेलाई दण्डित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताए । 

महामन्त्री थापाले भने, ‘गलत गर्ने नागरिकले  सजाय पाउँछ भने राजनीतिमा लागेर छुट हुँदैन । चाहे कुनै दलको सभापति होस् वा उच्च ओहोदामा आसीन व्यक्ति नै किन नहोस् ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डा. गोविन्द पोख्रेल र टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आग्रह पूर्वाग्रह त्यागेर सबै एक भएर लाग्नुपर्ने बताए । अहिले कांग्रेसलाई रक्तसञ्चारको आवश्यकता रहेको उल्लेख गर्दै उनीहरुले पार्टी एक ढिक्का बनाएर लैजान आग्रह गरे । 

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि उत्तम आचार्य, नगरसभापति प्रह्लाद सापकोटा, क्षेत्रीय सभापति किरणभूषण ओलीलगायतले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनुपर्ने बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार