स्कारपियोले लियो एकै घरका दुई दिदी-बहिनी ज्यान

दाङ- दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दुई दिदी-बहिनीको मृत्यु भएको छ । बुधवार दिउँसो राप्ती गाउँपालिका-८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिंदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडी बसेकी बहिनी १६ बर्षिया विपना केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका–८ पिपरी नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१-०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो ।

Dengue

घाईते केसीको सिसहनियाँ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवल लगिएको थियो । केसीको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव लमही अस्पतालको शवगृहमा राखिएको छ । स्कारपियो गाडी तीब्र गतीमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गाडी प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार