चार नामुद ठग: जसले उधारोमा लिन्थे करोडौँको सुन, गाडी र जग्गा, पछि हुन्थे फरार

 धनगढी : सुनका गहना, गाडी र जग्गा कारोबार गर्ने भनी ठगी गरेर फरार हुने ४ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

काभ्रेको भुम्लु गाउँपालिका–३ का कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका–४ की मीना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ का रविन कुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका–६ का दिलीप कुमार लाभ पक्राउ परेका हुन् ।

Dengue

उनीहरूले समूह बनाई सुनका गरगहना, गाडी र जग्गाको कारोबार देखाई विश्वासमा पार्ने र ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

काभ्रेका कुमार थापाले सुनका गरगहना विदेशमा निर्यात गर्दैछौं भनेर पोखराका एक सुनचाँदी व्यवसायीसँग १ करोड ८० लाख रुपैयाँको गहना बाहिर निर्यात गर्ने भनी लिएर फरार भएका थिए ।

त्यस्तै दिलीपकुमार लाभले भक्तपुरको सुडालमा अरूको नाममा रहेको १२ आना जग्गा दिलाइदिने भनी परिवार अटो मोबाइलका सञ्चालकसँग ३ वटा गाडी र २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

परिवार अटोमोवाइल प्रालिबाट लिएको गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकामा रकम नतिरी बेपत्ता भएका थिए ।

यो समूहले चितवनमा पनि अरू व्यवसायीहरूको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको पाइएको थियो । मीना दमैविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ७ वटा ठगी मुद्दा र चितवनमा २ वटा ठगी मुद्दा दर्ता भएको छ ।

कुमार थापाविरुद्ध भने कास्कीमा २ करोड बैंकिङ कसुरको मुद्दा दर्ता भएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रविनकुमार थापाविरुद्ध चितवनमा ४ वटा र काठमाडौंमा ३ वटा मुद्दा दर्ता भएको पाइएको छ । उनीहरूबाट करिब ७ करोड रुपैयाँ ठगी भएको पाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार