भोली नेपाल र नामिबियाबीच प्रतिस्पर्धा : यस्तो छ विश्वकपमा पुग्ने लिग २ को बाटो

धनगढी : सन् २०२७ का लागि क्रिकेट वर्ल्डकप सीडब्लुसी लिग–२ को यात्रा बिहीबार सुरु हुँदैछ। काठमाडौंमा हुने पहिलो ट्राइ-सिरिजको उद्घाटन खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ।

सन् २०१९ देखि २०२३ सम्मको फर्म्याटलाई निरन्तरता दिए पनि टोलीको संख्यामा भने परिवर्तन गरिएको छ। ७ राष्ट्रको सहभागितामा हुँदै गरेको सिरिजमा यसपटक एक राष्ट्र थपिएको छ । लिग–२ मा क्यानडा, नामिबिया, नेपाल, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका रहेका छन्।

Dengue

आगामी ३ वर्षमा कुल २४ ट्राइ-सिरिज खेलाइने छ। हरेक ट्राइ-सिरिजमा ३ राष्ट्रबीच ६ खेलहरु हुनेछन् । यो दौरान कुल १४४ एकदिवसीय खेल हुने आईसीसीले उल्लेख गरेको छ । लिग–२ को शीर्ष ४ मा पर्ने टोलीले विश्वकप छनोटमा स्थान पक्का गर्नेछन्।

अन्तिम ४ मा पर्ने राष्ट्रहरु क्रिकेट वर्ल्डकपको छनोटबाट बाहिरिदैनन्। उनीहहरुले क्रिकेट वर्ल्डकप छनोट प्लेअफमार्फत विश्वकपको दौडमा सहभागी हुन पाउने छन्। प्लेअफमा भने अन्तिम ४ मा पर्ने टोलीले अन्तर्राष्ट्रिय ५० ओभर क्रिकेटको तेस्रो तहको प्रतियोगिता क्रिकेट वर्ल्ड कप च्यालेन्ज लिगका उत्कृष्ट ४ टोलीसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।

प्लेअफमा उत्कृष्ट प्रदर्शन गरेमा छनोटमार्फत टोलीहरु पुन क्रिकेट वर्ल्ड कपमा प्रतिस्पर्धी हुन पाउने छन्। साथै कमजोर प्रदर्शन गरेमा भने प्रतिस्पर्धीहरु च्यालेन्ज कपमा घटुवा हुनेछन्। गत वर्ष पपुवा न्यू गिनी (पीएनजी) लिग २ मा अन्तिम हुनुको साथै प्लेअफमा पनि पुछारमा परेको थियो।

गत संस्करणमा सहभागी भएका ७ टोलीमध्ये ६ टोलीले लिग–२ मा पुनरागमन गरे। २ नयाँ टोली भने लिग–२ मा थपिए। नेदरल्यान्ड्स र क्यानडा लिग–२ मा बढुवा भएका राष्ट्र हुन्। नेदरल्यान्ड्सले भने लिग–२ च्याम्पियन स्कटल्यान्डसामू चुनौती पेस गर्ने देखिन्छ।

क्रिकेट विश्व कप २०२३ मा स्थान पक्का गर्नका लागि स्कटल्यान्डले नेदरल्यान्ड्सलाई नेट रन रेटमा पछि पारेको थियो। जसमा बास डी लीडेको उत्कृष्ट प्रदर्शनले ठूलो भूमिका खेलेको थियो।

गत संस्करणमा ओमान दोस्रो स्थानमा रहँदा नेपाल भने तेस्रो स्थानमा थियो। अन्तिम ५ मा परेको अमेरिका र छैठौं स्थानमा परेको यूएईले पनि लिग–२ मा आफ्नो स्थान सुनिश्चित गरेको थियो।

यस्तै, हालैसम्पन्न क्यानडाविरुद्धको सिरिज क्लिनस्विप गरेर बलियो फर्ममा देखिएको नेपाल नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न तयार छ। पुरुष टी–२० विश्वकप आउन ४ महिना मात्र बाँकी रहँदा लिग–२ को प्रदर्शनले नेपाललाई निकै सहयोग गर्ने पनि देखिन्छ।

गत संस्करणमा अन्तिम १३ एकदिवसीय खेलमध्ये १२ खेलमा जित हासिल गरेर नेपालले लिग–२ मा आफ्नो स्थान सुनिश्चित गरेको थियो। गत संस्करणमा नामिबियाविरुद्ध एतिहासिक जित हासिल गर्दै नेपालले लिग–२ मा आफ्नो स्थान सुरक्षित गरेको थियो।

यसपश्चात नामिबियाले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नु परेको थियो। तर, प्लेअफबाट विश्वकपमा भने छनोट हुन सकेन।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिदेशीय सिरिज

फाल्गुण ३ः नेपाल र नामिबिया
फाल्गुण ५ः नेपाल र नेदरल्यान्ड्स
फाल्गुण ७ः नामिबिया र नेदरल्यान्ड्स
फाल्गुण ९ः नेपाल र नामिबिया
फाल्गुण ११ः नामिबिया र नेदरल्यान्ड्स
फाल्गुण १३ः नेपाल र नेदरल्यान्ड्स

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार