रुसले युक्रेन आक्रमणविरुद्ध बोल्नेको सम्पत्ति जफत गर्ने

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गरेका छन् ।

मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र सार्वजनिकरूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाही गरेको छ ।

Dengue

उक्त कानूनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषी व्यक्तिहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तुहरू जफत गर्न सक्षम बनाउँछ । कानूनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ ।

रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन् । ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले गत महिना भनेका थिए, “आफ्नो मातृभूमिसँग विश्वासघात गरेका र अहिले हाम्रा सैनिकहरूको पिठ्युँमा थुक्ने बदमाश र गद्दारहरूलाई यो कानूनले निशाना बनाउँछ ।”

मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ । उक्त कानून युक्रेन आक्रमणको दोस्रो वर्ष प्रवेश र रुसको राष्ट्रपति निर्वाचनभन्दा एक महिनाअघि लागू भएको छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार