‘खजुरे ब्रो’ को छायांकन सकियो,फिल्म मा देखिनेछन् धरानका मेयर हर्क र नीति

धनगढी : नीति शाहले डेब्यू र धरानका मेयर हर्क साम्पाङले अभिनय गरेको फिल्म ‘खजुरे ब्रो’ को छायांकन सकिएको छ।

धरानमा फिल्मको एक महिना छायांकन गरिएको हो। फिल्मको सम्पूर्ण छायांकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले बताए।

Dengue

फिल्म खजुरे ब्रो पारिवारिक व्यंग्यात्मक लाइट कमेडी जनरामा आधारित फिल्म हो। फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ।

सुरज सुनुवारले निर्देशन गरिरहेको फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ। कमेडी जनरामा बन्ने फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन्।

दिव्यदृश्य इन्टरटेनटमेन्टको ब्यानरमा बनिरहेको फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, शान्तिला तामाङ, सुजाता राईलगायत कलाकारको अभिनय छ। फिल्ममा धरानका मेयर हर्क साम्पाङको पनि अभिनय छ। फिल्ममा उनको विशेष भूमिका छ।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर विसंखेको छायांकन, अनमोल गुरुङको संगीत रहेको छ। यो फिल्म अगामी वर्ष जेठमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार