धनगढी : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा तथा यूरो १ को खरिद दर १४२ रुपैयाँ ८६ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा कायम भएको छ।
यसैगरी पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ७० पैसा रहेको छ। अष्ट्रेलियन डलर भने १ को खरिद दर ८६ रुपैयाँ ४५ पैसा र बिक्री दर ८६ रुपैयाँ ८४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। आज क्यानेडियर डलर भने १ को खरिद दर ९८ रुपैयाँ ५६ पैसा र बिक्री दर ९९ रुपैयाँ १ पैसा रहेको छ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५ रुपैयाँ ४९ पैसा, कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३४ पैसा र ३६ रुपैयाँ ५० पैसा, यूएई दिराम ३६ रुपैयाँ ८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा तथा मलेसियन रिंगिट १ को खरिद दर २७ रुपैयाँ ८० पैसा तथा बिक्री दर २७ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्