माओवादी केन्द्रको विधान सम्मेलन : २० वटै समूहले आज निषकर्ष पेश गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको विधान सम्मेलनको दोस्रो दिन आज विधान मस्यौदामाथि समूहमा छलफल जारी निष्कर्ष पेश गरिँदैछ। विधान मस्यौदामाथि छलफल गर्न २० वटा समूह बनाइएको छ । 

मंगलबार नै समूहगत छलफल शुरु गरिएकोमा आज थप छलफल गरी निष्कर्ष पेश गर्ने महासचिव देव गुरुङले जानकारी दिए। उनका अनुसार समूहगत छलफलका लागि दिउँसो १ बजेसम्मको समय दिइएको छ। त्यसपछि बन्दसत्रस्थल प्रज्ञा भवनमा भेला भई निष्कर्ष पेश गर्ने कार्यक्रम छ ।

Dengue

सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको छ। २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरूप दिइनेछ। 

तीन दिन सञ्चालन हुने सम्मेलनमा एक हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी छन्। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारी सहभागी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार