पहिलो खेल गुमाउदैं छन् दिपेन्द्र

धनगढी : नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी विश्वकप लिग–२ मा बिहीबार नामिबियाविरुद्धको खेल गुमाउने पक्का भएको छ ।

दीपेन्द्र यूएई क्रिकेट बोर्डले आयोजना गरेको इन्टरनेसनल लिग २ खेल्न दुबई पुगेका छन् । दीपेन्द्र सम्मिलित गल्फ जायन्ट्सले आज राति ८ : १५ मा एमआई इमिरेट्ससँग पहिलो क्वालिफायर खेल्दैछ । सोही खेलका कारण दीपेन्द्रले नामिबियासँगको खेल गुमाउने पक्का भएको स्रोतको भनाइ छ ।

Dengue

दीपेन्द्रले नामिबियासँगको खेल गुमाउँछन् । यदि दीपेन्द्रको टोली फाइनलमा नपुगेको खण्डमा नेदरल्यान्ड्ससँग शनिबार खेल्न आउनेछन् । तर, गल्फ जायन्ट्स फाइनलमा पुगेको खण्डमा नामिबियासँगै नेदरल्यान्ड्सविरुद्धको खेल पनि गुमाउने छन्, स्रोतले भन्यो ।

फाइनल खेल शनिबार राति छ । आज पराजित हुँदा भोलि (बिहीबार) दोस्रो क्वालिफायर खेल्नुपर्ने हुन्छ । उक्त खेलमा पराजित भएमा मात्रै दीपेन्द्र नेदरल्यान्ड्ससँगको खेलमा उपलब्ध हुनेछन् । तर, यदि फाइनलमा पुगेको खण्डमा भने दीपेन्द्रले सुरुआती दुई खेल गुमाउने पक्का छ ।

क्यानडासँगको तीन खेलको सिरिजमा भने दीपेन्द्र टोलीमा थिएनन् । दीपेन्द्र नहुँदा टोलीमा अफस्पिनर पवन सरार्फले मौका पाउनेछन् ।

नेपालले लिग-२ खेल्ने टोलीमा दुई परिवर्तन गरेको छ ।क्यानडासँग सिरिजमा राम्रो प्रदर्शन गरेका अनिल शाह र देव खनाल टोलीमा समेटिंदा अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् ।

अनिलले क्यानडासँग दोस्रो ओडीआई खेलमा ५० र तेस्रोमा ११२ रनको शतकीय इनिङ खेलेका थिए । उता नेपालबाट यू-१९ क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका देवले क्यानडासँग दोस्रो ओडीआई खेलमा ७६ रन बनाएका थिए । त्यसैको कारण यी दुई खेलाडीलाई नेपालले लिग २ मा समेटेको हो ।

नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । २१ फेब्रुअरीमा नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने कार्यक्रम छ ।

नेपालको टोली :

रोहित पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार