पोखरामा ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

पोखरा — पोखरा-२ मोहोरियाटोलबाट स्रोत नखुलेको ६ केजी ६९ सुन ग्रामसहित भारतीय नागरिक सुरजित भौमिक मंगलबार पक्राउ परेका छन् । मोहोरियाटोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो । 

उक्त पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको थियो ।

Seti Hospital

भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर-११ घर भएका ४० वर्षीय सुरजितले ३ तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री वितरण गर्ने गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए । ‘विभिन्न स्थानबाट निजको पसल तथा निजको कोठाभित्र लुकाइछिपाइ राखेको स्रोत खुलाउन नसकेको सुनका गरगहना तथा काँचो सुन र चाँदी बरामद भएको हो,’ उनले भने ।

सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने जानकारी दिए । उनका अनुसार सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार