चैतभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौंः मुख्यमन्त्री पाण्डे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएका छन्।

मंगलवार पोखरामा भएको एक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्ने समय तालिका दिएको भन्दै आगामी चैत महिनाभित्र घोषणा गर्ने तयारीमा गण्डकी प्रदेश सरकार लागेको बताए।

Dengue

उनले सर्वोच्च अदालतले फेवातालको सीमांकन, नक्शांकन र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशनात्मक रुपमा दिएको आदेश कार्यान्यन गर्ने बताए।

उनले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा सहजिकरण गर्ने समिति बनाएको पनि बताए। उनले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको काम संघ सरकार अन्तर्गत रहेको भन्दै प्रदेश सरकारले के गर्नसक्छ ? भन्ने विषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘पर्यटकीय राजधानी घोषणा गर्ने कुरा समय तालिका दिएका छौं । अबको चैत महिना भित्रमा हामी पर्यटकीय राजधानीको रुपमा घोषणा गर्छौं । फेवातालको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न सहजिकरण गर्ने समिति मुख्यमन्त्रीको अध्यक्षतामा बनाएको छु । जे सर्वोच्चको आदेश छ । त्यसलाई कार्यान्वयन गर्छौं । अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको काम संघ सरकार अन्तर्गत पर्छ ।

तर पोखराको हकमा चीन र भारतबाट आउने नेतृत्वलाई प्रदेश सरकारले संधै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सहजिकरण गरिदिनुस् । पर्यटकीय पदमार्ग भएको क्षेत्रमा सडक मार्गको लागि बजेट माग गर्न नपाउने प्रदेश सरकारले नीति लिएको छ । त्यसको लागि बजेट विनियोजन नगर्ने नीति पनि लिएका छौं । पदमार्गमा बाटो खन्न नहुने दायित्व आम जनतासमेतको हो । बाटो खनेका पर्यटकहरु आउँदैनन भन्नेकुरा बुझ्नुपर्छ । सरकारले पदमार्गमा बाटो खन्न डोजर चलाउने कुरालाई प्रोत्साहित गर्दैन ।’

उहाँले गण्डकी प्रदेश सरकारले पर्यटकीय पदमार्गको संरक्षणको लागि पर्यटकीय पदमार्ग भएको क्षेत्रमा सडक मार्गको लागि बजेट माग गर्न नपाउने र बजेट विनियोजन नगर्ने नीति लिएको बताए। उहाँले पदमार्गमा बाटोको संरक्षण गर्ने दायित्व आम जनताको भएको भन्दै सरकारले पदमार्गमा बाटो खन्न डोजर चलाउने कुरालाई प्रोत्साहित नगर्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार