अपराजित रहेर प्रिमियर कपको सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल, आज माल्दिभ्ससँग भिड्दै

धनगढी : नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगितामा आज माल्दिभ्सविरुद्ध खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल बिहान ११ः१५ देखि मलेसियामा बायुमास क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । 

नेपालले जारी प्रतियोगिताको पहिलो र दोस्रो खेलमा क्रमशः हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । नेपाल मादिभ्सविरुद्ध पनि सहज जितको खोजीमा छ ।  

Dengue

नेपाल अहिले समूह ‘डी’ को अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।  

फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् । त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार