अक्षय कुमारले बिक्री गरे अँधेरीस्थित घर, चाँदनीले किनिन्

मुम्बइ- अभिनेत्री आलिया भट्टको नक्कल गरेर चर्चित बनेकी चाँदनीले सानै उमेरमा धेरै कुरा हासिल गरिन् ।

फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएपछि चाँदनी आलिया भट्टको नक्कल गरेर सामाजिक सञ्जाल सेन्सेसन बनिन् ।

Dengue

यसैबीच अहिले उनले मुम्बईको अंधेरी क्षेत्रमा फ्ल्याट किनेकी छिन् । रिपोर्टमा विश्वास गर्ने हो भने उक्त फ्ल्याटको पहिले मालिक अक्षय कुमार हुन् ।

हालै चाँदनीले आफ्नो सोसल मिडिया अकाउन्टबाट नयाँ घरमा भएको पुजाका केही तस्विर शेयर गरेकी छिन् ।

अब यदि बलिउड हंगामामा आएको रिपोर्टलाई विश्वास गर्ने हो भने चाँदनीले किनेको नयाँ घर वास्तवमा अक्षय कुमारको हो, जुन उनले बेचेका छन् ।

यो फ्ल्याट मुम्बईको अंधेरी क्षेत्रमा अवस्थित छ। घरको मूल्य कति हो र कतिमा सम्झौता भएको हो भन्ने ठोस जानकारी भने आएको छैन ।

चाँदनी अहिले २४ वर्षकी भइन् । उनले कानूनको उपाधि हासिल गरेका छन् । उनी शौकको रूपमा मिमिक्री गर्थिन्, त्यसपछि उनी भिडियो जकी र मिमिक्री कलाकार बनिन् ।

चाँदनी बाल्यकालदेखि नै अभिनेत्री बन्न चाहन्थिन् तर सामाजिक सञ्जालमा कन्टेन्ट सिर्जनाबाट उनले वास्तविक पहिचान पाइन् । 

यसबाहेक उनी अमेजन मिनी टिभीको कमेडी शो ‘कन्स्टेबल गिर पडे’ मा देखिएकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार