अरुको मनको कुरा बुझ्न के गर्ने यस्तो छ यस्तो ‘ट्रिक्स’

एजेन्सी : हामी दैनिक विभिन्न खालका व्यक्तिहरुसँग भेट्ने गर्छौं । तर एकदमै छिट्टै अगाडिको व्यक्तिको दिमागमा के चलिरहेको छ त्यसलाई थाहा पाउन सक्दैनौं ।

यस्तोमा तपाईं पनि यस्तै समस्यामा पर्नुभएको छ भने हामी आज केही त्यस्ता टिप्सहरु बताउनेछौं जसले तपाईं अगाडिको व्यक्तिको दिमाग पढ्न सक्छौं ।

Dengue

खुट्टामा ध्यान दिने
यदी तपाईं कसैसँग बसेर कुराकानी गरिरहनु भएको छ र अगाडिको व्यक्तिको खुट्टा ढोकातिर फर्किरहेको छ भने यसको अर्थ हुन्छ ऊ तपाईंसँग कुरा गर्नमा त्यति इच्छुक छैन ।

हातको क्रियाकलाप
यदी कुरा गरिरहेको बेला अगाडिको व्यक्तिले हातहरुलाई लुकाएर उभिएको छ भने यसको अर्थ हुन्छ उसले झुठ बोलिरहेको हुन सक्छ ।

चिउँडोमा ध्यान दिने
यदी कोही व्यक्तिले हातलाई आफ्नो चिउँडोको तल राखिरहेको छ भने उसको दिमागमा कुनै प्रश्न हुन सक्छ । वा तपाईंले गरिरहेको प्रश्नका बारेमा उसले केही जवाफ दिनका लागि सोंचिरहेको छ ।

आँखामा ध्यान दिने
यदी कुराकानीको क्रममा अगाडिको व्यक्तिले तपाईंको आँखामा हेरिरहेको छैन भने हुन सक्छ उसले तपाईंसँग केही लुकाउन खोजिरहेको छ । वा तपाईंसँग कुरा गर्दा लजाइरहेको पनि हुन सक्छ ।

आँखा जुधाउने
यदी कसैले कुरा गर्ने क्रममा तपाईंको आँखामा आँखा जुधाइरहेको छ र मुस्कुराइरहेको छ भने उसलाई तपाईंसँग कुरा गर्न मन लागिरहेको छ । वा उसलाई तपाईंको कुराप्रति रुची छ ।

शारीरिक हाउभाउ
यदी कोही व्यक्तिसँग कुराकानीको क्रममा ऊ तपाईंतिर झुकेर कुरा सुनिरहेको छ भने यसको अर्थ हुन्छ उसलाई तपाईंसँग कुराकानी गर्न मन परेको छ ।

उल्टो दिशामा फर्कनु
यदी कोही व्यक्तिले तपाईंसँग कुरा गरिरहेको बेला अर्को दिशातिर फर्कन्छ भने उसलाई तपाईंको कुराप्रति कुनै चासो छैन । ऊ आफ्नो कुरा राखेर हिँड्ने हतारमा छ भन्ने बुझ्नुपर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार