प्रसाईंको कार्यक्रममा २३ लाखको मञ्च,३१ जनालाई सार्वजनिक रूपमै ‘तस्कर’ र ‘भ्रष्टाचारी’ घोषणा गरिने


धनगढी : दुर्गा प्रसाईं नेतृत्वको अभियानले कार्यक्रमलाई ‘भव्य’ बनाउन भृकुटीमण्डपमा मञ्च सजावट गरिएको छ। भृकुटीमण्डपको ६ सय वर्गफिटमा यो तयारी भइरहेको अभियान सचिवालयले जनाएको छ। यसका लागि २३ लाख रुपैयाँ बजेट लगाइएको कार्कीको भनाइ छ।

मञ्चमा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिनेछ। 

Dengue

वार्षिकोत्सव कार्यक्रम भएकाले आमन्त्रित धेरै अतिथि तथा विशिष्ट व्यक्तिहरूलाई मञ्चमै बस्ने व्यवस्था गरिनेछ। 

मण्डपबाहिर पनि साउन्ड सिस्टमदेखि डिजिटल डिस्प्ले बोर्ड आदि राखिने कार्कीले बताएका छन्।

कार्यक्रम ११ः३० मा सुरु गरी ५ बजेभित्र सक्ने योजना छ।

३१ जनाको नाम सार्वजनिक गरिने
प्रसाईंले आफ्नो अभियानका क्रममा व्यापारिक समुदायलक्षित आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। ‘भ्रष्टाचारी’, ‘तस्कर’ आदि विशेषण दिएर उनले केही व्यक्तिको नाम पनि सार्वजनिक गर्ने योजना बनाएका छन्।

कार्यक्रममा थ्रीडीसहितको प्रस्तुतीकरणको तयारी सचिवालयले गरेको छ। त्यसमा १६ जना व्यापारी र बाँकी राजनीतिक दलका नेताहरू छन्। उनीहरूलाई सार्वजनिक रूपमै ‘तस्कर’ र ‘भ्रष्टाचारी’ घोषणा गरिने सचिवालयले जनाएको छ।

के आधारमा यस्तो घोषणा गर्न लागिएको हो त?भन्ने प्रश्नमा अध्यक्ष मण्डलका सदस्य कार्की भन्छन्, ‘हामीसँग पर्याप्त प्रमाण छन्। ती प्रमाणसहित देखाउनेछौँ।’

७ वटा रुट
अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ। ती सातवटै रुटका लागि नेतृत्व र व्यवस्थापन गर्न अलग-अलग टोली खटाइएको छ।

एउटा टोली नारायण-गोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ।

त्यस्तै अन्य टोलीहरू क्रमशः चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ।

आमहडतालसम्मका कार्यक्रम
मंगलबारको कार्यक्रममा अभियानले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताएको छ।

‘अब हामी निरन्तर आन्दोलन गर्नेछौँ,’ कार्की भन्छन्, ‘आन्दोलन पनि विकेन्द्रित हुनेछ र आमहडतालसम्म गर्न पछि पर्ने छैनौँ।’

पहिलाजस्तो असंगठित अवस्थामा नरहेकाले अबको कार्यक्रम नियन्त्रणबाहिर नजाने प्रसाईं सचिवालयको विश्लेषण छ।

गत मंसिर ७ मा पनि प्रसाईं नेतृत्वको अभियानले काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो। त्यतिखेर केही असम्बन्धित व्यक्तिहरूको घुसपैठ भएको र केही संगठन भित्रैका मान्छेहरू बिकेको प्रसाईं सचिवालयको बुझाइ छ।

‘त्यतिखेर संगठन नभएकाले को कस्तो व्यक्ति हो भन्ने चिन्न सकिएको थिएन,’ कार्की भन्छन्, ‘हामी केन्द्रमा २१ जना थियौँ। बाहिर सम्पर्क व्यक्तिका आधारमा मान्छे ल्याएका थियौँ। तर यसपालि १४ अञ्चल र ६४ जिल्ला समिति गठन भई संगठन परिचालन गरिएकाले व्यवस्थित तवरमा कार्यक्रम हुन्छ।’

पार्टी प्यालेसदेखि धर्मशालासम्म
कार्यक्रममा सहभागी बन्न उपत्यका बाहिरबाट आउनेहरूलाई विभिन्न पार्टी प्यालेसदेखि धर्मशालामा बस्ने व्यवस्था मिलाइएको छ। केहीलाई संगठनका सदस्यहरूकै घर र डेरामा पनि बस्न–बसाल्न भनिएको छ।

आइतबार रातिसम्म उपत्यका बाहिरबाट करिब ६ हजार समर्थक भित्रिएको र यो क्रम मंगलबार बिहानसम्म निरन्तर रहने अभियानका नेताहरूको भनाइ छ।

गत मंसिरको कार्यक्रमका लागि करिब ५ करोड रुपैयाँ खर्च भएकामा यसपालि त्योभन्दा कमै हुने आकलन छ। 

‘सकेसम्म आफ्नो खर्च आफै व्यहोर्ने गरी व्यवस्था मिलाउन भनेका छौँ,’ कार्कीको दाबी छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार