भोली दुर्गा प्रसाईंको शक्ति प्रदर्शन,दलका शिर्ष नेतालाई निम्तो

धनगढी- पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले मंगलबार (फागुन १) वार्षिकोत्सव मनाउँदै छ।

काठमाडौँको टुँडीखेलमा कार्यक्रम गर्न चाहेका प्रसाईँलाई प्रशासनले त्यो ठाउँ त उपलब्ध गराएन। तर, नजिकैको भृकुटीमण्डममा कार्यक्रम गर्न अनुमति दिएको छ।

Dengue

गत मंसिर ७ को कार्यक्रममा काठमाडौँको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईंले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन्। 

कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन्। यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो। अहिलेको कार्यक्रम सभामा केन्द्रित छ।

सभामा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य पनि दिनेछन्। मुख्य वक्ताका रूपमा भने अभियानका संयोजक दुर्गा प्रसाईं नै रहनेछन्।

सबै दलका नेतालाई निम्तो
प्रसाईंले वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतलाई पनि निम्तो बाँडिएको छ।

निम्तो त पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि दिइएको थियो। अझ उनलाई त अभिनन्दन नै गर्ने अभियानको तयारी थियो। तर, पूर्वराजा शाह प्रसाईंको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन्। उनले त्यहाँ १६ दिन बिताउने कार्यक्रम छ।

राप्रपा ‘सकारात्मक’
प्रसाईंको कार्यक्रमप्रति पूर्वपञ्चहरूका दल राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन्। अभियानका अध्यक्ष मण्डलका सदस्य एवं कार्यक्रम विभाग प्रमुख हरि कार्कीका अनुसार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाले कार्यक्रममा उपस्थित हुने वचन दिएका छन्। 

साथै, उनीहरूले कार्यक्रममा ऐक्यबद्धता पनि जनाउने बताएका छन्। ‘कुनै राजनीतिक दलको झण्डा नबोकी राष्ट्रिय झण्डामुनि गोलबद्ध हुन सैद्धान्तिक सहमति जुटेको छ,’ कार्की भन्छन्, ‘सहकार्यको बाँकी खाका आपसी छलफलबाट तय गरिनेछ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि अहिलेको अवस्था (गणतन्त्र)लाई उल्टाउन ‘राष्ट्रवादी शक्तिहरू’ एक ठाउँमा आउनुपर्ने बताएको कार्कीको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार