हेमन्तको ओ.डि.आई यात्रा : डेब्यू खेलमै तिन विकेट देखी ‘बेस्ट डेलिभरी अफ द म्याच’ सम्म

धनगढी-नेपाली टोलीका बलर हेमन्त धामीले आफ्नो ‘डेब्यू’ खेलमै तीन विकेट लिए संगै ‘बेस्ट डेलिभरी अफ द म्याच’ पनी बन्न सफल रहे । उनले आठ ओभरमा ४९ रन खर्चिए ।क्यानडाको पहिलो विकेट हेमन्त धामीले लिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिएका हुन् । उनले यही खेलमार्फत सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । हेमन्तले क्यानडाका ओपनर ब्याट्सम्यान एरोन जोन्सनलाई चार रनको ब्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । २.४ ओभरमा जोन्सन आउट हुँदा भ्रमणकारी टोली क्यानडाले सात रन बनाएको थियो ।

त्यसपछी क्यानडाको छैटौँ विकेट पनी हेमन्त धामी हात पार्न सफल भए । उनले क्यानडाका विकेटकिपर ब्याट्सम्यान श्रेयष मोभालाई २५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । हेमन्तले श्रेयषलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । आउट हुनुअघि श्रेयषले २९ बलमा एक चौका हिर्काएका थिए । सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ खेल खेलिरहेका हेमन्तले लिएको यो दोस्रो विकेट हो । ४५.४ ओभरमा श्रेयष आउट हुँदा क्यानडाले एक सय ८६ रन बनाएको थियो ।
फेरी क्यानडाको आठौँ विकेट पनी हेमन्त धामीले पोल्टामा परेको थियो । उनले क्यानडाका तल्लोक्रमका ब्याट्सम्यान डिल्लन हेलिगरलाई चार रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका थिए ।

Dengue

जारी खेलमा हेमन्तले लिएको यो तेस्रो विकेट हो । ४८.३ ओभरमा हेलिगर आउट हुँदा क्यानडाले दुई सय १८ रन बनाएको थियो । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो । डेब्यू खेलाडी हेमन्त धामीले ३ विकेट लिए। उनले ‘बेस्ट डेलिभरी अफ द म्याच’ पाए। उनले १० हजार रुपैँया प्राप्त गरे।
नेपालले सोमबारको खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै नित निकालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार