अन्तर्राष्ट्रिय क्रिकेटमा हेमन्त धामीको डेब्यू

धनगढी- युवा तीव्र गतिका बलर हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । उनले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा डेब्यू गरेका हुन् ।

यो सँगै हेमन्त जारी सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने चौथो खेलाडी बनेका छन् । यही सिरिजमा सूर्य तामाङ, रिजन ढकाल र आकाश चन्दले डेब्यू गरिसकेका छन् । हेमन्तले यू–१९ एसिया कपमा राम्रो प्रदर्शन गरेका थिए । जसकारण उनी सिनियर टिममा अटाएका थिए । 

Dengue

तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । सिरिज नेपालले एक खेल अगावै जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः ७ रन तथा ४ विकेटले जितेको थियो । 

नेपाल आज तेस्रो खेलमा पनि जित हात पार्दै सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यता पाहुना टोली क्यानडा भने अन्तिम खेलमा जित निकालेर नेपाल भ्रमणको सुखद अन्त्य गर्ने सोचमा छ ।     

तेस्रो खेलमा नेपालको प्लेइङ–११ : अनिल शाह (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी र ललितनारायण राजवंशी । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार