हेर्नुहोस् को-को हुन् एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेताहरु

धनगढी: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले प्रदान गर्ने वर्ष उत्कृष्ट खेलाडी अवार्ड एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाईले जितेका छन् ।

एनएसजेफले आइतबार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७९ बाट वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दीपक र वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड राजपुराले जितेकी हुन् । दीपक र राजपुराले एन २५० मोटरसाइकल प्राप्त गरे ।

Dengue

दीपकले क्रिकेटका रोहित पौडेल र आसिफ शेख तथा राजपुराले अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पार्दै अवार्ड जितेका हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड एथ्लेटिक्सकै चन्द्र गुरुङले जित्दा वर्ष उत्कृष्ट युवा खेलाडी अवार्ड क्रिकेटका देव खनालले हात पारे । चन्द र देवले पल्सर एन १६० मोटरसाइलक पाए । पिपल्स च्वाइस अवार्डमा टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ चुनिइन् । उनले मोटरसाइकल प्राप्त गरिन् ।

यी हुन् अवार्ड विजेता

पिपल्स च्वाइस अवार्ड– सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस)

उत्कृष्ट खेलाडी पुरुष – दीपक अधिकारी (एथ्लेटिक्स)

उत्कृष्ट खेलाडी महिला – राजपुरा पछाई (एथ्लेटिक्स)

उत्कृष्ट युवा खेलाडी – देव खनाल (क्रिकेट)

उत्कृष्ट प्रशिक्षक – चन्द्र गुरुङ (एथ्लेटिक्स)

लाइफटाइम एचिभमेन्ट अवार्ड– राजेन्द्रकुमार प्रधान (भारोत्तोलन)

स्पेशल अवार्ड – सुदर्शन रञ्जित (खेल अभियान्ता)

एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड – रेमण्ड चुलाई (हङकङ)

पारा एथलिट सम्मान – मैयाँ विशुंखे (ओलम्पियन)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार