छोरीसितको ‘सम्बन्ध’ छुटाउन युवकको हत्या

दोलखा — गैरदलित किशोर र दलित किशोरीबीचको प्रेम सम्बन्ध छुटाउन शैलुङ गाउँपालिका–४ मागापौवाका युवकको हत्या भएको खुलेको छ । शैलुङ गाउँपालिका–५ काटाकुटीकी १६ वर्षीया दलित किशोरीसँगको ‘प्रेम सम्बन्ध’ मा रहेका १८ वर्षीय युवक भीष्म भण्डारीको हत्यामा किशोरीको परिवार संलग्न रहेको प्रहरीले जनाएको हो ।

गत पुस १६ मा बीभत्स रूपमा हत्या गरी फालिएको अवस्थामा भीष्मको शव फेला परेको थियो । भीष्मको हत्यामा किशोरीका बुबासहित काका र नेपाली सेनामा कार्यरत दाजु संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

Dengue

गत पुस ९ मा मेलामा चिनजान भएर नजिकिएपछि दुवैबीच फोनमा कुराकानी हुन थालेको थियो । पुस ११ मा किशोरीले घरमा कोही नभएको भन्दै भेट्न बोलाएपछि भीष्म उनको घर काटाकुटी गएको प्रहरीले जनाएको छ । भीष्मलाई साँझ घरमा किशोरीको कोठामा बुबाले देखेपछि कोठाबाट निकालेर लछारपछार गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक खड्काले बताए ।

‘बुबाले भीष्मलाई लछारपछार गरेर केही पर लगेपछि भाइ र भतिजाको सहयोगमा सम्बन्ध छुटाउन बीभत्स हत्या भएको अनुसन्धानका क्रममा खुलेको छ,’ डीएसपी खड्काले भने, ‘किशोरीले भेट्न आउन भनेकाले भीष्म घरमा गएको अनुसन्धानमा देखिन्छ ।’

भीष्मलाई त्यहाँबाट केही परे लगेपछि भाइ पनि आएर वादविवाद गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी खड्काले बताए । वादविवादकै क्रममा भाइले घरबाट धारिलो हतियार ल्याएर भीष्मलाई पछाडिबाट प्रहार गरेको प्रहरीले जनाएको छ ।

भीष्मलाई काकाले पछाडिबाट धारिलो हतियार प्रहार गरेर घाइते बनाएको अनुसन्धानमा खुल्छ,’ खड्काले भने, ‘त्यसपछि घाइते भीष्मलाई केही पर धारामा लगेर बीभत्स तरिकाले हत्या गरेको (शरीर र टाउको छुट्याइएको) आरोपितले स्विकारेका छन् ।’

साँझको समयमा धारामा रगत पखालेर प्रमाण नष्ट गरेर नजिकैको बजिनी खोल्सामा युवकको शरीरलाई फालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबै प्रमाण नष्ट भएकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को सहयोगमा झन्डै डेढ महिना लगाएर गरेको अनुसन्धानका क्रममा हत्यामा संलग्नको पहिचान भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार