डडेल्धुराका महरलाई भ्रष्टाचार गरेको भन्दै कालोमसो र चप्पलको माला

धनगढी- डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई कालोमसो र चप्पलको माला लगाइएको छ ।

आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई कालोमसो दलेको प्रहरीले जनाएको छ ।

SHIKHAR COOL TECH

डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपककुमार कार्कीले २०७८ सालमा निर्माण भएको सिँचाइ योजनामा सचिव रहेका महरलाई वैद्य नेतृत्वको पार्टीका व्यक्ति हौँ भन्दै आएको समूहले कालोमसो दलेको बुझिएको बताए । तर कालोमसो दल्ने काममा संलग्न व्यक्तिहरुको पहिचान भने नभएको कार्कीले बताए ।

महरलाई कालोमसो दलेको भिडियो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । उक्त भिडियोमा भ्रष्टाचार गर्ने होइन, दलाली गर्ने होइन दलालहरुलाई यस्तै हुन्छ, कारवाही हुन्छ । अबदेखि यस्तो नगर्न भनिएको सुनिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार