सुदूरपश्चिमका व्यापारिक प्रतिष्ठानमा झण्डै ६७ हजार जनालाई रोजगारी

धनगढी – सुदूरपश्चिममा थोक तथा व्यापार गर्ने ३३ हजार बढी व्यापारिक प्रतिष्ठानमा झण्डै ६७ हजार संलग्न रहेको एक सरकारी तथ्यांकले देखाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार प्रदेशभित्र ३३ हजार तीन सय ९८ व्यापारिक प्रतिष्ठानमा ६६ हजार ९ सय ५७ जनशक्ति संलग्न छन्। उक्त जनशक्ति खुद्रा, होलसेल व्यापारमा छन्। भन्सारबाट आयातित, स्वदेशी उद्योगले उत्पादन गरेका वस्तु र कृषि उत्पादनको व्यापार उक्त जनशक्ति संलग्न रहेको कार्यालयले जनाएको छ।

SHIKHAR COOL TECH

‘व्यापारको उत्पत्ति तीन ठाउँबाट हुन्छ। आयातित, स्वदेशी उद्योगले उत्पादन गरेको र कृषि उत्पादनमा बढी भएको वस्तु विभिन्न चरणबाट उपभोक्तामा पुग्ने व्यापार हो। थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानको सर्वेक्षण गर्दा सुदूरपश्चिममा ३३ हजार बढी व्यापारिक प्रतिष्ठानमा झण्डै ६७ हजार संलग्न देखिन्छन्,’ राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले भने, ‘एउटै पसलमा दुईरतीन जना पनि काम गर्छन्। कतिपयले ज्याला लिएका छन्, कतिले लिएका छैनन्।’

सर्वेक्षणअनुसार सुदूरपश्चिममा व्यापारिक प्रतिष्ठानमा महिला जनशक्ति ३२ दशमलव ४७ प्रतिशत संलग्न छन्। यहाँका महिलाका नाममा १० दशमलव ८० प्रतिशत व्यापारिक प्रतिष्ठान रहेको सर्वेक्षणमा भनिएको छ। सुदूरपश्चिममा २८ दशमलव ८४ प्रतिशत व्यावसायिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भएको कार्यालयको तथ्यांक छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार