उपकुलपति भुसालको बदमासी: कुलपतिको पत्र उल्लंघन गर्दै धमाधम सरुवा

धनगढी- त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले एकपछि अर्को सरुवा गरेर सरुवा आतंक फैलाएको आरोप कर्मचारीको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र उल्लंघन गर्दै मनपरी सरुवा गर्नुभएको हो।

पछिल्लोपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपकुलपति भुसाललाई जिम्मेवारी उपकुलपति रिक्त भई पदपूर्तिको प्रक्रियामा रहेकाले त्रिवि ऐन २०४९ दफा २१ ख बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनासम्मका लागि नियुक्ति दिएको उल्लेख छ।

Dengue

केही दिनमा २०औं उपकुलपति छनोटको क्रममा रहेको अवस्थामा दैनिक कामकाज चलाउने मात्र जिम्मा पाएका उपकुलपति भुसालले एक सहायक डीन, तीन विभागीय प्रमुख र ६ क्याम्पस प्रमुख सरुवा गर्नुभएको छ।

उपकुलपतिको सर्ट लिस्टको १३औं नम्बरमा रहनुभएका उपकुलपति भुसालले गर्नुएको नियुक्ति ऐनविपरीत छ। कुलपति छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बेला उहाँले कानुनविपरीत धमाधम सरुवा गर्नुभएको हो। सरुवा गरेका सबैलाई माघ २४ र २५ गतेदेखि काम गर्ने गरी सरुवा गर्नुभएको हो।

केही दिनअघि कर्मचारी सरुवा गर्ने जिम्मा आफ्नो नभएको बताउने गरेका भुसालले एकैपटक १० उच्च कर्मचारी सरुवा गर्दा प्राध्यापक र कर्मचारी मूकदर्शक भएका छन्।

दुवै संस्थाले विरोध गरेपछि उपकुलपति भुसालको निर्णयलाई कसैले प्रतिवाद गरेका छैनन्। निमित्त शिक्षाध्यक्ष भार्गव धिताल र निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालको साथ लिएर धमाधम कर्मचारी सरुवा गरेका छन्।

त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले दैनिक काम मात्र गर्ने जिम्मेवारी पाएका उपकुलपतिले मनपरी सरुवा गरेकोमा आपत्ति जनाउनुभयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार