अचेत फेला परेका दुई बच्चाको मृत्यु, ४ तलाबाट हाम्फालेकी आमा गम्भीर

धनगढी- ललितपुर जिल्लाको इमाडोलस्थित घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ। 

महालक्ष्मी नगरपालिका ४ इमाडोलस्थित घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। 

Dengue

उनले मृत्यु हुनेमा ६ वर्षीय बालक र दुई वर्षीया बालिका रहेको बताए। घरको ४ तलाबाट हाम्फालेकी उनीहरुकी आमा भने गम्भीर रहेको पनि उनले बताए। 

यसरी हाम्फाल्ने स्थानीय रविना महर्जन रहेको प्रहरीले जनाएको छ। उनको अहिले किष्ट अस्पतालमा उपचार भइरहेको छ।  

उनी हाम्फालेपछि घरमा दुई बच्चा अचेत भेटिएपछि अस्पताल लगिएको थियो। 

अस्पतालले उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ। घटनाको कारण भने खुलेको छैन। बच्चाको हत्या गरिएको हुनसक्ने बताइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार