कैलाली – नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले २५ ओभरको अन्त्यमा २ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको छ । टस जितेर क्यानडाले पहिले ब्याटिङ गरेको हो ।
ओपनर एरन जोनसन ६५ रन बनाउँदै रन आउट भए भने अर्का ओपनर ४६ रन बनाउँदै आकाश चन्दको शिकार बने । प्रगात सिंह १५ र निकोसन क्रिटन ८ रन बनाएर खेलिरहेका छन् ।
त्यस्तै आकाश चन्दले एकदिवसीय क्रिकेटमा डेभ्यु विकेट लिएका छन् ।
क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा डेभ्यु गरेका आकाशले ४६ रन बनाएर खेलिरहेका क्यानडाका नवनित धालिवाललाई आउट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्