क्यानडाविरुद्ध बलिङमा उत्रियो नेपाल

कैलाली- क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।क्याडनाविरुद्ध शुक्रबार खेलिने खेल नेपालका लागि ६१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । सन् २०१८ यता नेपालले ६० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

Dengue

नेपालले आफूले खेलेका ६१ मध्ये ३१ खेलमा जित हात पारेको छ । २७ खेलमा भने नेपाली टोली पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ भने एक खेल रद्द भएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३औँ प्रतिद्वन्द्वी हो । नेपालले यसअघि विभिन्न १२ वटा राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार