अरुण चौधरीको चलाखी : जग्गा फिर्ता गरेर उन्मुक्तिको तयारी,सरकारको व्यापक साथ

कैलाली- सीजी चाँदवाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारलाई फिर्ता दिएर उम्कने सेटिङमा रहेका अरुण चौधरीले तीव्र योजना बनाएका छन् । सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरिरहँदा सरकारले भने जग्गा फिर्ता गराएर मुद्दा कमजोर बनाउने र उन्मुक्ति दिने तयारी थालेको छ ।

जग्गा फिर्ता गर्दा अभियुक्तविरुद्धको मुद्दा कमजोर हुनेछ । यसो गर्दा ठगीमा संलग्नहरूमाथि थप कारवाहीको सम्भावना कम हुने भएपछि सरकारले मुद्दा दायर हुनुअगावै जग्गा फिर्ता गराउने तयारी थालेको बताइएको छ ।

‘पक्राउ परेका अरुण चौधरीले बयानका क्रममा आफूले जग्गा फिर्ता दिन तयार रहेको बताएका थिए । उनलाई बचाउने उद्देश्यले सरकारले जग्गा फिर्ताको तयारी गरेको बताइएको छ । त्यसो हुँदा चौधरी परिवारका सदस्य थुनामा जानुपर्ने छैन’ एक अधिवक्ता भन्छन् ।

यसअघि बालुवाटार जग्गा प्रकरणमा पनि एमाले नेता विष्णु पौडेल र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता गराएर उन्मुक्ति दिइएको थियो । सोही नजिर चौधरीका सन्दर्भमा पनि लागू गराउन खोजिएको छ ।२०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा च्याम्पियन फुटवेयर दर्ता भएको थियो ।

त्यसको उद्देश्य कपडाका जुत्ता उत्पादन गर्ने थियो । उसले बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो यसमा चौधरी परिवारका सदस्यसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको थियो ।

कम्पनी घाटामा गएको देखाएर सञ्चालक समितिले जग्गा बेच्ने निर्णय गरेको थियो । सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो ।

सरकारी उद्योगको जग्गा बिक्री गर्ने निर्णय मन्त्रिपरिषद्बाट मात्र सम्भव हुने थियो । तर पनि सञ्चालक समितिले नै निर्णय गरेको थियो । यसको लागि कार्यकारी अध्यक्ष थापा र सञ्चालक समितिलाई सीआईबीले आरोपी मानेको छ  ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार