कोशी प्रदेश सरकार र पुनः नामकरण संघर्ष समितिबीच आज पनि वार्ता

कैलाली- कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीच पुन: वार्ता शुरू भएको छ । शुक्रबार बिहान ९ बजेदेखि पुन: वार्ता शुरू भएको हो ।

यसअघि बिहीबार पनि दुई पक्षबीच वार्ता भएको थियो । बिहीवारको वार्ता सकारात्मक रहेको दुवै पक्षले बताएका छन् । 

Dengue

वार्ता शुरू गर्नुअघि आजै पहिचानवादीहरूलाई होटलमा छाडेर सरकारी वार्ता टोलीले मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका थिए ।

कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री जबेगू संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहनेगरी वार्ता समिति बनाएको थियो ।

वार्तामा आन्दोलनरत पक्षको तर्फबाट केन्द्रसिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगू र चन्द्रकुमार चौधरी सहभागी रहेका छन् 

तत्कालीन प्रदेश नम्बर १ को प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसका विरुद्ध पहिचानवादीहरू आन्दोलनरत छन् । 

उनीहरूले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन् । यसअघि नेकपा (एमाले)का हिक्मत कार्की नेतृत्वको सरकारले पनि पहिचान पक्षधरसँग वार्ता गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार