सुन तस्करी जाँचबुझ समितिको एक्सन : शुरुमै टार्गेटमा परे महरा

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महराको बयान लिएको छ । बिहीबार आयोगकै कार्यालय सिंहदरबारमा बोलाएर आयोगले महराको बयान लिएको हो ।

त्यस्तै आजै आयोगले भिमकान्त भण्डारीको समेत बयान लिएको आयोग स्रोतले बतायो । उनी विद ल्याबका सञ्चालक हुन् । महरा १० पुस २०७९ मा फ्लाई दुबईबाट नेपाल भित्र्याइको इलेक्ट्रिक सिगरेट (भेप) मार्फत तस्करी भएको नौ किलो सुनसँग जोडिएका थिए । 

Dengue

भेप चिनियाँ नागरिक लि हासोङ्गले नेपाल ल्याएका थिए । उनी फरार छन् । उनीसँग महराको कनेक्सन देखिएको थियो । उक्त तस्करी प्रकरणमा जोडिएका महराका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन् ।

सरकारले साउनमा तस्करी भएको ६१ किलो सुन र भेप मार्फत भएको सुन तस्करीबारे छानबिन गर्न असोजमा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा आयोग बनाएको हो । आयोगले सुन तस्करीमा संलग्नहरुमाथि बयान लिनेक्रम जारी छ । पक्राउ परेर थुनामा रहेकामाथिसमेत आयोगले बयान दिइरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार