पाकिस्तानमा आज आम निर्वाचन हुँदै

एजेन्सी-दक्षिण एसियाली मुलुक पाकिस्तानमा बिहीबार आम निर्वाचन हुँदैछ ।
पूर्वप्रधानमन्त्री नवाज सरिफलाई सेनाको समर्थन रहेको विश्वास गरिएको छ भने पूर्व प्रधानमन्त्री इमरान खान जेलमा रहेकाले शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज(पीएमएल–एन) चुनावमा सबैभन्दा ठूलो पार्टी बन्न सक्ने आँकलन गरिएको छ ।

खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उम्मेद्वार सर्वोच्च अदालतले आफ्नो पार्टीको चुनावी चिन्ह क्रिकेट ‘ब्याट’ हटाउने निर्वाचन आयोगको निर्णयलाई समर्थन गरेपछि स्वतन्त्र रूपमा चुनाव लडिरहेका छन् । ७४ वर्षीय सरिफले बिहीबार हुने निर्वाचनमा कीर्तिमानी चौथो कार्यकाल प्रधानमन्त्री बन्ने लक्ष्य राखेका छन् ।

Dengue


बिलावल भुट्टो–जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि प्रतिस्पर्धामा रहेको छ । बिलावल भुट्टो जरदारीलाई पार्टीले प्रधानमन्त्री पदको रुपमा घोषणा गरेको छ ।


पाकिस्तानको निर्वाचन आयोगले गत वर्षको डिसेम्बरमा निर्वाचन गराउने कार्यतालिका जारी गरेको थियो । पाकिस्तानमा आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यस चुनावमा १२.८५ करोड बढी मतदाताहरू रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार