सुत्केरी व्यथाले च्यापेकी रिउलीलाई हेलिकप्टरबाट उद्धार

कैलाली-कालिकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । पलाँता गाउँपालिका–६ उखाडीकी ३५ वर्षीया रिउली रोकायाको आज हेलिकप्टरमा उद्धार गरिएको हो ।

मङ्गलबारदेखि सुत्केरी व्यथाले च्यापेकी रिउलीलाई आफन्तले पलाँता गाउँपालिकास्थित नेटा स्वास्थ्य चौकी पु¥याएका थिए । सुत्केरी हुन नसक्दा उनलाई आज हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको पालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपाने बताए । “रिउलीले सुर्खेतमा छोरालाई जन्मदिनुभएको छ”, उनले भने।

Dengue

सुत्केरी रिउलीको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार