अछाममा महायज्ञबाट उठ्यो साढे एक करोड बराबरको सम्पत्ति

कैलाली-अछामको तुर्माखाँद गाउँपालिकामा महायज्ञबाटै झन्डै साढे एक करोड बराबरको सम्पत्ति आर्जन भएको छ ।

वडा नम्बर ४ मा रहको कालिकेश्वरी माध्यामिक विद्यालयको स्तरोन्नति र तुर्माखाँद बहुमखी क्याम्पस स्थापनाका लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको थियो ।

Dengue

माघ १६ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको महायज्ञबाट एक करोड ६ लाख रुपैयाँ नगद संकलन भएको छ । यसैगरी, करिब ३८ लाख बराबरको जग्गा दानबाट प्राप्त भएको महायज्ञ आयोजक समितिका संयोजक पदमबहादुर बिसीले जानकारी दिए ।उनले महायज्ञलाई सफल पार्न सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरेका छन् ।

माघ १६ गते सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले महायज्ञको उद्घाटन गरेका थिए । महायज्ञको उद्घाटन समारोहमा प्रतिनिधिसभाका सदस्य पुष्पबहादुर शाह, प्रदेशसभा सदस्य अक्कल रावलसहित सहभागी थिए ।

महायज्ञको समापन सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउँदले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार