गगनप्रति रविको कटाक्ष – सरकारी जग्गा किर्ते गर्नेलाई पार्टीबाट कारबाही गर्न हामीले रोकेको हो ?

कैलाली-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारी जग्गा किर्ते गर्ने र सरकारी ठगीमा संलग्नलाई कारबाही गर्न कसले रोक्यो भनी सत्तापक्षसँग प्रश्न गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सभापति लामिछानेले लामो समय सरकारमा रहेका दलका सांसदले नयाँ दलप्रति छेडखानी गरेको भन्दै आक्रोश पोखेका हुन् ।

Seti Hospital

‘अदालतले फैसला गरेका मान्छे दलमा पदाधिकारीका रुपमा रहन्छन् । सरकारी जग्गा किर्ते गर्ने मान्छे आफ्नै दलका वरपर छन कि रु पहिला पार्टीगत रुपमा कारबाही गरेर सुशासनको उदाहरण दिने हो कि ?’, आफूभन्दा पहिलो बोलेका कांग्रेस महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लामिछानेले भने, ‘सहकारीको ठगलाई कारबाहीको दायरमा ल्याउनुपर्छ भन्ने पार्टी सरकारमा भएको जस्तो लाग्छ, लामो समय सरकार नछाडे जस्तो लाग्छ । रोकेछ कसले नयाँ दलले ?’

त्यसअघि संसद्‌को शुरूमा कांग्रेस महामन्त्री थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताएका थिए । थापाको भनाइ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद विनोद चौधरीप्रति थियो ।

चौधरीको नामै नलिई रविले सरकारी जग्गा किर्ते गर्नेलाई पहिला पार्टीबाट कारबाही गरेर देखाउन चुनौती दिए । थापाले सहकारी ठगी गर्नेमाथिसमेत कारबाहीको माग गरेका थिए ।

अधिकारप्राप्त निकायले भ्रष्टाचारमा छानबिन गर्न बोलाउँदा कांग्रेसका मन्त्री र सांसद नगएको प्रति लामिछानेले कटाक्ष गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार