बसबाट झर्ने क्रममा अर्को बसले ठक्कर दिँदा बालिकाको मृत्यु

सुरज चन्द

कैलाली- बारामा बस दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो ।

कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० नं को यात्रुबाहक बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

Seti Hospital

बालिका आमासित बस चढेर मामाघर जाँदै थिइन् । घटनापछि मृतकका आफन्तले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले बसका चालक मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार