शिक्षा अधिकृतलाई दुर्व्यवहार गर्ने पक्राउ

कैलाली -कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार शिक्षा अधिकृत न्यौपाने कार्यालयबाट घर फर्कने क्रममा नेकपा क्रान्तिकारी ९वैद्य० समूहका कार्यकर्ताहरुले बलियास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारमा संलग्नमध्ये लम्कीचुहा ९ का ३१ वर्षीय भुवन रम्तेललाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ ।

Dengue

रम्तेल नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन इन्चार्ज हुन् । उनलाई कैलारी गाउँपालिका–७ बाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार