नवनियुक्त महासचिव पाण्डेयको शपथ आज

काठमाडौं – संघीय संसदको महासचिव  नियुक्त पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियाताको शपथ लिँदैछन्। 

बिहान सवा १० बजे सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा शपथ ग्रहण गराउने संसदकका प्रवक्ता एकराम गिरीले जनाकारी दिए। ​मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए।​ ​

Dengue

मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सभापति र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरेका थिए। तर, दोहोरो नागरिकतासम्बन्धी विवाद आएपछि पाण्डेयको नियुक्तिमा ढिलाइ भएको थियो। राष्ट्रपति कार्यालयले समेत पाण्डेयको नागरिकताको विवादबारे उल्लेख गर्दै नियुक्तिमा ढिलाइ गरिरहेको थियो।

त्यसपछि माघ ३ मा नियुक्तिका लागि सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पुन राष्ट्रपतिसमक्ष स्मरणपत्र पठाएका थिए। 

पाण्डेय सिफारिस हुँदा संसद्को सचिव पदमै कार्यरत भएको भन्दै महासचिव नियुक्त गर्न नमिल्ने अडान राष्ट्रपति कार्यालयले राखेको थियो। तर पाण्डेयले सचिवबाट राजीनामा दिएपछि उनलाई महासचिवमा नियुक्त गरिएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार