भारतीय नम्बरको जिप दुर्घटनाः नापी कार्यालयका प्रमुखसहित १० जना घाइते

सर्लाही- सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ उक्त जिप दुर्घटना भएको हो ।

मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको उक्त जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

Dengue

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् ।

घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पर्साको वीरगन्ज पठाएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार