स्वावलम्बन लघुवित्तका सबै सूचक नकारात्मक

धनगढी- स्वावलम्बन लघुवित्तको खुद नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा ८२.७० प्रतिशतले घटेर ४ करोड १५ लाख ६३ हजार रुपियाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा संस्थाले २४ करोड १ लाख ९५ हजार रुपियाँ नाफा आर्जन गरेको थियो ।

त्यसैगरी, खराब कर्जा पनि बढेको छ । गत आवको दोस्रो त्रैमाससम्म ७.१० प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ११.३६ प्रतिशत पुगेको छ । 

Dengue

खुद ब्याज ६.२३ प्रतिशतले घटेर ६६ करोड ६६ लाख १९ हजार रुपियाँ, सञ्चालन नाफा ८२.७० प्रतिशतले घटेर ५ करोड ९३ लाख ६४ हजार रुपियाँ पुगेको छ । 

गत आवको पुस मसान्तसम्म ४२.८१ रुपियाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ह्वात्तै घटेर ५.७३ रुपियाँमा खुुम्चिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार