चुरोट छाड्न डा. ओममूर्ति अनिलका ८ टिप्स

१‍. चुरोट छोड्ने बेलामा ‘एउटा मात्रै’ भन्ने विचार मनमा आउन दिनु हुँदैन । ‘एउटा मात्रै’ बाट शुरु गरेर फेरि पहिला जस्तै लत लाग्न सक्छ ।

२. आफूलाई काममा व्यस्त राख्नुहोस्, जसले गर्दा ध्यान चुरोटको सेवनतिर नजाओस् । चुरोटको सेवन गर्न इच्छा लागेमा ‘केहीबेर पर्खिन्छु’ भन्दै ध्यान अन्यत्र लग्नुहोस् ।

Dengue

३. तपाईंले जुन ठाउँहरुमा पहिला चुरोटको सेवन गर्नुहुन्थ्यो, त्यहाँ नजानुहोस्। चुरोटको सेवन गर्ने व्यक्तिहरुको संगत केही दिनको लागि छोड्नुहोस् ।

४. यस अवधीभरिमा आफ्ना मित्रहरु र परिवारका सदस्यहरुलाई तपाईंको समक्षमा धुम्रपान नगर्दिन आग्रह गर्नुहोस् ।

५. राती चाँडै सुत्नुहोस्, आराम गर्नुहोस् र मानसिक तनाव कम गर्नुहोस् ।

६. चुरोटको सेवन छोडेपछि हुने फाइदाको बारेमा सोचेर आफ्नो मनोबल बढाउनुहोस् । शुरुको केही हप्तामा मात्रै अलिअलि अप्ठायारो भए पनि पछि चुरोट नखाने बानी बस्छ ।

७. चुरोट छोड्ने प्रयास गरेर असफल भए पनि निराश हुनु हुँदैन, किनभने चुरोट सफलता पुर्वक छाडिसकेको धेरै व्यक्तिहरु शुरुमा असफल भएका हुन सक्छन् । त्यसैले फेरी कोशिश गर्नुहोस् । एकदिन तपाईं चुरोटको लतबाट मुक्त हुनुहुन्छ ।

८. चुरोटको सेवन बन्द गरेको कुरा सबैलाई भन्नुहोस् । यसले तपाईंलाई पुनः सेवन गर्नबाट रोक्न मद्दत पुग्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार