नेपालले चिन्न नसकेकी मेनुकालाई इन्डियाले चिन्यो,आइडलबाट बाहिरिएपछि यसो भनिन्…

धनगढी- गायिका मेनुका पौडेल भारतीय गायन रियालिटी शो इन्डियन आइडलको सिजन १४ बाट बाहिरिएकी छन् । आइतबार भएको इन्डियन आइडलको एपिसोडबाट उनी बाहिरिएको घोषणा भएको हो ।

नेपालकी पौडेल इन्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । त्यहाँ रहँदा उनले निर्णायकहरूको मन जित्न सफल भएकी थिइन् भने भारतभर चर्चित पनि बनेकी थिइन् । आफ्नै क्षमताको बलमा उनले भारतीय चलचित्र सलारमा गायनको अवसर पनि पाइन् ।

Dengue

त्यस्तै उनलाई आँखा देख्न सहज बनाउनका लागि चिकित्सकहरूले एआई भिजन चस्मा पनि उपलब्ध गराएका थिए ।

इन्डियन आइडलबाट बाहिरिएपछि पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो सांगिगित यात्र सकिएको नभइ बल्ल सुरु भएको प्रतिक्रिया दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्- इन्डियन आइडलमा मेरो यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगितिक यात्रा भर्खर सुरु भएको छ । मैले पहिलेभन्दा अझै सक्रिय रूपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेमा सबैलाई आश्वास्त तुल्याउन चाहन्छु ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार